देश-प्रदेश खबर पोष्ट

सुनौली नाकाबाट आएका २३ जना माडी मा. वि.स्थित क्वारेन्टाइनमा

भारतबाट स्वदेश फर्किने क्रममा सुनौली नाकाबाट आएका २३ जनालाई माडी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

गएराती करीब ११:१५ मा माडीको बसन्तपुर आइपुगेका २९ जनामध्ये २३ जना माडीबासी र ६ जना ठोरीबासी रहेका थिए । उनीहरु मध्ये माडीबासी २३ जनालाई माडी माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा राखिएको हो भने ६ जना ठोरीबासीहरुलाई ठोरी गाउँपालिकाले उद्धार गरी राती नै ठोरीस्थित क्वारेन्टाइनमा राखेको छ । माडी नगरपालिकाले सुनौलीको स्थानीय प्रशासन र सुरक्षा निकायसंग फोनमार्फत समन्वय गरी नाकामा रोकिएकाहरुको उद्धार गरेको हो ।

यसअघि माडी माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका दुईजनाकै पि.सि.आर. रिपोर्ट नेगेटिभ आएसंगै दुबैलाई घर पठाइएको छ । सो विद्यालयम क्वारेन्टाइन सेन्टर निर्माणका लागि सरसफाई र कोठा व्यवस्थापनमा बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालको नेतृत्वमा क्लबका सदस्य युवाहरु खटिएका थिए । त्यसैगरी मेस र अन्य व्यवस्थापनका लागि वडाध्यक्ष पुरन महतोको नेतृत्वमा वडास्तरीय बिपद् व्यवस्थापन समिति क्रियाशील रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार