स्वदेशपोष्ट विशेष

परुई खोला किनारकाे जमिन विवादमा, चेपाङ्ग परिवारका निर्माणधिन घरको पिल्लरमा क्षती

कुसुमखोलाबाट विस्थापित भई माडी-७, देबेन्द्रपुरस्थित परुई खोला किनारमा बसोबास गरिरहेका चेपाङ्ग परिवारले निर्माण सुरु गरेका घरको पिल्लरमा क्षती पु-याइएको छ ।

माडी नगरपालिकाको सहयोगमा चेपाङ परिवारले घर निर्माणका लागि सिमेन्टको खम्बा गाडेकोमा १३ वटा घरको पोलमा क्षती पु-याइएको र ३ वटा घरको पिल्लरहरु ढालिएको स्थानीयबासी छबि चेपाङले जनाउनुभयो । लामो समयदेखि जग्गा विवाद गर्दै आएको स्थानीयबासीहरुको समूहले पोलमा क्षती गरेको उहाँको आरोप छ । यस विषयमा माडी नगरपालिका र प्रहरीलाई जानकारी गराइएको समेत उहाँले बताउनुभयो ।

यसैबिच, चेपाङ परिवारको घर निर्माणका लागि राष्ट्रिय युवा संघ माडी नगर कमिटिले श्रमदान गर्ने भएको छ । चेपाङहरुको घर निर्माणमा अनुचित अवरोध आइरहेको भन्दै संघले दोषीहरुलाई कानुनी र सामाजिक कारवाहीको माग गर्दै अवरोध छिचोलेर घर निर्माणमा श्रमदान गर्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार