देश-प्रदेश खबर पोष्ट

रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको छ । नेपालमा बि.सं. २०६३ साल जेष्ठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक बर्ष जेष्ठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ ।

माडी नगरस्तरीय दलित समिति, न्यायका लागि संयुक्त दलित संघर्ष समिति, राष्ट्रिय दलित पत्रकार संघ माडी र सुनचाँदी व्यवसायी संघ माडी शाखासंगै बसन्तपुर बजारका युवा क्लबहरुको सहभागितामा बसन्तपुर बजारमा शान्तिपूर्ण -यालीसहित मौन धारण र दीप प्रज्वलन समेत गरी दिवस मनाइएको हो । कार्यक्रमकै सन्दर्भमा तात्कालीन माओवादी जनयुद्धमा समाहित हुँदा मारिनुभएका माडी ब्रह्मपुरीका शहीद तिलक खातीको सम्झनामा समेत दीप प्रज्वलन गरिएको थियो ।

तर दिवसको सन्दर्भमा रुकुमेली युवाहरु र दलित समुदायका शहीदको स्मरण भइरहँदा माडीकै दुई अबोध दलित किशोरीहरु दिपीका सुनार र दीपशीला परियारको संकाश्पद बलात्कार र हत्याको बिरोधमा दीप प्रज्वलन भएको भने देखिएन । दीपिका दिपशीलाको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा भइसक्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन, दोषी पत्ता लाग्न र कानुनी कारवाही हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया