माडी (स्थानीय) खबर पोष्ट

माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी

माडी नगरस्तरीय दलित समितिले माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी राखेको छ ।

वागमती प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम अन्तगत हाल माडीका ९ वटा वडाहरुमा २० वटा घरहरु बनिसकेका छन् भने २० वटा निर्माणको चरणमा रहेका छन् । कार्यक्रम अन्तरगत माडी नगरपालिका वडा नं. १, २, ५, ६ र ९ मा समान ४/४ वटा, वडा नं. ३ मा ३ वटा, वडा नं. ४ मा ६ वटा, वडा नं. ७ मा ५ वटा र वडा नं. ८ मा ७ वटा घरहरु निर्माणको कार्यक्रम रहेको समितिकी सदस्य ईन्दिरा विश्वकर्माले जनाउनुभयो ।

हरेक घर निर्माणमा समितिका पदाधिकारी र सदस्यहरु स्वयम् सहभाी भई श्रमदान गर्ने गरेका छन् । विगतमा खरको छानो भएका साना र असुरक्षित घरमा बसोबास गर्नुपरिरहेका अति बिपन्न दलित परिवारले नयाँ घरमा बस्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार