माडी (स्थानीय) खबर पोष्ट

माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै

माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ ।

नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै मोडेलमा सञ्चालन हुने सो सभामा माडीका ५० जना जनप्रतिनिधीहरु र सचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत गरी ५१ जनाको सहभागिता रहनेछ । सो नगर सभामा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम, बार्षिक बजेट, विनियोजन विधेयक र बार्षिक नगर विकास योजना सम्बन्धी बिधेयक पेश गरी छलफल हुनेछ । त्यसैगरी लेखा समिति र न्यायीक समितिको प्रतिवेदनमा समेत छलफल गरिने माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया