स्वदेशपोष्ट विशेष

चि.रा.नि कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको प्रवेश विन्दुका रुपमा रहेको कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु भएको छ ।

नारायणगढस्थित चितवन ग्रिन लायन्स क्लबको सहयोगमा कसरा पोष्टमा शौचालय निर्माण सुरु भएको हो । करीब १० लाखको लागतमा निर्माण हुन लागेको सो संरचनाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र लायन्स क्लब इन्टरनेशन ३३२ बि टु का सेकेण्ड भि.पी. रामप्रसाद भट्टले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । ३ महिना अवधीमा निर्माण कार्य सक्ने योजना रहेको लायन श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

भरतपुर हुँदै माडी आउने र माडीबाट भरतपुर हुँदै बाहिरिने यात्रीहरु कसरामा रोकिने वा विश्राम गर्ने गर्छन् । कसरामा सेनाले निर्माण गरेको चालु अवस्थाको एक सार्वजनिक शौचालय रहेपनि त्यो अपर्याप्त रहँदै आएको छ । शौचालयका अभावमा यात्रुहरु खुला ठाउँ बारेर बनाइएको अस्थायी ठाउँमा पुग्नुपर्ने बाध्यतामा रहने गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार