कृषि र कृषक पोष्ट

माडीका कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य

माडीमा युरिया मलको चर्को अभावका बिच कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य भएका छन् ।

युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फेट रहेको हुन्छ । धानबालीका निम्ति यो पहिलो रोजाइको मल होइन, तर माडी क्षेत्रमा युरिया मलको आपुर्ती नै नभएसंगै कृषकहरु कम गुणस्तरकै मल किन्न बाध्य भएका हुन् । बसन्तपुरको एक एग्रोभेट पसलमा सो मल किन्न एकाबिहानैदेखि कृषकहरुको लामो लाइन देखिएको छ ।

माडी नगरपालिका कृषि शाखाले ५० केजी तौलको युरिया मलको मुल्य ८७५ तोकेको भएपनि एमोनियम सल्फेटको अधिकतम बिक्री मुल्य भने निर्धारण गरेको छैन । त्यसकारण कृषकहरु प्रतिबोरा १५०० रुपैंयामा सो मल किन्न बाध्य भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरले कृषि सामग्री केन्द्रसंग समन्वय गरी अनुदानको रासायनिक मल ल्याउने गर्दछ । तर यसबर्ष आउँदो साउन ५ गतेपछि मात्रै युरिया मल भित्रिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया