माडी (स्थानीय) खबर पोष्ट

आगामि आर्थिक बर्षमा कम्तीमा ३० कि.मि. सडक कालोपत्रे गर्ने माडी न.पा. काे याेजना

माडी नगरपालिकाले आउँदो आर्थिक बर्षमा कम्तीमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने महात्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

नगरपालिकाले सडक बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने नीति तथा कार्यक्रम पारित गरेको हो । यस क्रममा हुलाकी सडकको कालोपत्रे कार्य पुरा गराई कम्तीमा ३० किलोमिटर भित्री सडकहरुमा कालोपत्रे गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । त्यस्तै, आउँदो बर्ष नगरभित्रका बाटोघाटोहरुलाई नक्शाङ्कन गरी व्यवस्थित गर्ने र माडी नगरपालिका नगर यातायात गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ ।

हाल नगरपालिकाको ठूलो बजेट सडक ग्राभेल कार्यमा खर्च हुँदै आएको छ । यस्तोमा, नगरपालिकाले संघीय र प्रान्तिय सरकारसंग समन्वय गरी सडक कालोपत्रे कार्यलाई प्राथमिकतामा राखेको हो । जारी आर्थिक बर्षमा भने माडीकाे रमाइलोडाँडादेखि राधापुर तथा तमुचोकदेखि पुष्प मदन बाटिकासम्म मात्रै बाटो कालोपत्रे भइरहेको छ ।

तपाईको प्रतिक्रिया