

लकडाउनको अवधीमा आफ्नो नीजि गाडीमार्फत बिरामी तथा अत्यावश्यकीय स्वास्थ्य सेवा पाउनुपर्नेहरुलाई सवारी सेवा उपलब्ध गराएका माडी बरुवाका युवा व्यवसायी सञ्जय महतो सम्मानित हुनुभएको छ ।

निजी गाडीमा नि:शुल्करुपमा बिरामी, घाइते तथा स्वास्थ्य सेवापेक्षीहरुलाई भरतपुर तथा बसन्तपुरस्थित स्वास्थ्य संस्थाहरुसम्म लैजाने र ल्याउने सेवा प्रदान गरी सामाजिक योगदान दिनुभएको भन्दै कमर्सियल एग्रो एण्ड डेभ्लपर्स ग्रुप (प्रा.) लि.ले माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको बाहुलीबाट सो सम्मान गरेको हो । लकडाउनको समयमा सार्वजनिक यातायात सेवा बन्द भइरहँदा उहाँले करिब ६० जनालाई सवारी सेवा उपलब्ध गराउनुभएको थियो ।

