

माडीको खैरहनी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका मध्ये १२ जनालाई होम क्वारेन्टाइनमा रहनेगरी घर पठाइएको छ ।
गत असार २३ गते मंगलबार पि.सि.आर. रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई घरभित्रै एकान्तबासमा रहनेगरी घर पठाइएको बघौंडा अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनले जानकारी दिनुभयो । १२ जना घर गएसंगै सो क्वारेन्टाइनमा ५ जना बाँकी रहेका छन् । पि.सि.आर. रिपोर्ट पोजेटिभ आएका ४ जनालाई भने असार २३ गते राती नै बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशनमा ल्याई उपचार सुरु भइसकेको छ ।

यसैबिच, बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइन र भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबासमा राखिएकाहरुको पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ । माडी मा.वि.भित्र राखिएका ५२ जना तथा भैरवपुरमा राखिएका १६ जनासहित दुबै क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको माडी नगरपालिका जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।
