पर्यटन खबर पोष्ट

माडीको अयोध्यापुरी, बाल्मीकि आश्रम र ठोरीको सीता गुफास्थलकाे उत्खनन् हुने

सरकारले माडीको अयोध्यापुरी क्षेत्रसंगै बाल्मीकि आश्रम हुँदै ठोरीको सीता गुफास्थलसम्म उत्खनन् सहित अध्ययन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले यसमा चासो दिएर अध्ययन तथा खोज कार्य सुरु गर्न लागेको हो । हाल सार्वजनिक गरिएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ रहे नरहेको स्पष्ट हुने बताएका छन् । अयोध्यापुरीको चौकीडाँडा गाउँमा खनजोत गर्दा हजारौं बर्ष पुराना भाँडाकुँडा, सिक्का र सामानहरु भेटिने गरेको छ ।

यसैबिच, भगवान रामको जन्मस्थलबारे विवाद रहेपनि श्रीराम एवं सीतापुत्र लवकुशको जन्मस्थान भने माडीकै बाल्मीकि आश्रम रहेकोमा कुनै विवाद छैन । हाल माडी-१, बाल्मीकि आश्रम क्षेत्रमा लवकुशको जन्मस्थल, सीताले पिङ् खेलेको भनिने प्राकृतिक झुला, लवकुशले घोडा बाँध्न बनाएको खम्बा लगायतका संरचनाहरु सुरक्षित अवस्थामै रहेका छन् । सो क्षेत्रमा पुरातात्वीक महत्वका अन्य विभिन्न संरचनाहरु रहेको विश्वास गरिएपनि अहिलेसम्म खोज अनुसन्धान भने भएको छैन ।

तपाईको प्रतिक्रिया