राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीले माडीको कुसुमखोला र चेपाङ बस्तीको स्थलगत अवलोकन गरेको छ ।
आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी र इन्सेकका वागमती प्रदेश संयोजक कृष्ण गौतमको नेतृत्वमा आयोगका सदस्य जागेश्वर चापागाईं, अधिवक्ता एवं मानव अधिकारकर्मी मुकुन्द दाहाल, इन्सेकका प्रतिनिधी गणेश भण्डारी र अधिवक्ता सुर्य बोहोराले कुसुमखोला क्षेत्रको स्थलगत अवलोकन गरेको हो । त्यस क्रममा टोलीले माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंग भेट गरी कुसुमखोला आगलागी प्रकरणका बिषयमा जानकारी समेत लिएको थियो ।




