स्वदेशपोष्ट विशेष

माडीको सुकुम्बासी आन्दोलन अब माडी नगरपालिकाले अगाडि बढाउने

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बाढीपिडीत, चेपाङ र सुकुम्बासी समुदायको आन्दोलन अब माडी नगरपालिकाले अगाडि बढाउने बताउनुभएको छ ।

आन्दोलनरत सुकुम्बासी समुदायले नगरपालिका कार्यालयमा दिएको धर्नालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले दुई दिनपछि (मंगलबारदेखि) चेपाङहरुको आवास निर्माण सुचारु गरिने जनाउनुभयो । त्यस क्रममा पनि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गर्दै उहाँले सो दिन निकुञ्ज पक्षले काम रोक्न खोजे नयाँ चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो । धर्नालाई सम्बोधन गर्दै उहाँले सुकुम्बासीहरुको घरमा आगो लगाउनेलाई कारवाहीको माग पनि दोहोर्याउनुभयो ।

बाँदरझुलाको बस्ती व्यवस्थापनका लागि सुकुम्बासी समस्या समाधान आयोगले बसोबासको उचित व्यवस्था गर्ने उहाँको अपेक्षा थियो । त्यसैगरी उहाँले निकुञ्जका कारण सिर्जित समस्याहरु हटाउन माडीलाई मध्यवर्तीबाटै हटाउने पहल अगाडि बढेको बताउनुभयो । सम्बोधनकै क्रममा उहाँले नगरपालिकाको संलग्नतामा रुख कटानी गरेको भन्दै केहि मिडियाले पीत पत्रकारिता गरेको आरोप लगाउँदै उहाँले बेनामे उजुरी गर्नेलाई जनताले जवाफ दिने अभिव्यक्ति दिनुभयो ।

तपाईको प्रतिक्रिया