माडी (स्थानीय) खबर पोष्ट

बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो पाठशाला प्रभावकारी हुन सकेन

कोरोना कहरका कारण माडी क्षेत्रमा नियमित कक्षा सञ्चालन हुन नसकिरहँदा हाल जारी रहेको बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो शिक्षण पनि प्रभावकारी हुन सकेको छैन ।

रेडियोहरुमार्फत शिक्षकहरुले पढाउने क्रम निरन्तर रहेपनि विद्यार्थीहरुले सुने नसुनेको थाहा नहुने, गृहकार्य जाँच गर्न नमिल्ने, कतिपय विद्यार्थीहरु रेडियोको पहुँचमै नहुने र भएकाहरुपनि शिक्षकसंग दोहोरो सम्वाद नहुने तथा प्रायः शिक्षकहरुबाट शैक्षिक सामग्रीहरुको सिर्जनात्मक प्रयोग नभइरहेको कारण अडियो माध्यमबाट भइरहेको रेडियो पाठशालाको प्रभावकारितामा प्रश्न उठेको हो ।

यसैबिच, रेडियो पाठशालाको प्रभावकारिता बढाउन नगर शिक्षा शाखाले रेडियो पाठशालामा सबै विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागी गराउन सम्बन्धित विद्यालयहरुलाई जिम्मेवारी तोकेको छ । त्यसमा सहभागी नभएका विद्यार्थीहरुको विवरण संकलन गर्ने, विद्यार्थीहरुलाई साप्ताहिक रुपमा गृहकार्य र परियोजना कार्य दिने, विद्यार्थीहरुलाई रेडियो पाठशालाको अडियो उपलब्ध गराउने र अभिभावकहरुसंग समन्वय गर्न विद्यालयहरुलाई जिम्मेवारी दिइएको हो । साथै शाखाले रेडियोबाट प्रशारित कार्यक्रमको क्रेडिट गणना गरिने भन्दै सुपरीक्षण, अनुगमन र विद्यार्थी मुल्यांकनको व्यवस्था मिलाउन पनि विद्यालयहरुलाई सुचित गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार