देश-प्रदेश खबर पोष्ट

चट्याङका कारण ठोरी गाउँपालिका ४ बिजयबस्तीका एक पुरूष गम्भीर घाइते

आज बिहान परेको चट्याङका कारण ठोरी गाउँपालिका ४ बिजयबस्तीका एक पुरूष गम्भीर घाइते भएका छन ।

चट्याङ पर्दा बारीमा मकै रुग्न गएका बिजयबस्तीका ३९ बर्षीय ताल बहादुर श्रेष्ठ घाइते हुनुभएको हो । उहाँ खेतीबाली रुग्न भनेर मंगलबार बेलुकै खेतमा जानुभएको थियो । हाल उहाँलाई उपचारको लागि भरतपुर लगिएको छ । उहाँको शरीरको एक पाटो नचलेको र थप अवस्थाको बारेमा अस्पताल पुर्याएपछी मात्र थाहा हुने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया