माडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
माडी नगरपालिका वडा नं. ८ निवासी बर्ष २७ का एक पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनी बच्चाको उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेज (सि.एम.सी.)मा पुगेका थिए । अस्पतालमा कुरुवा बस्दा संक्रमित बनेका उनी हाल उनी घरमै होम क्वारेन्टाइनमा बसेका छन् । घरपरिवारको अवस्था हेरी उनलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोशनमा राख्न सकिने माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जनाउनुभयो ।
त्यसैगरी हाल भरतपुर महानगरपालिका वडा नं. १० मा बसोबास गरिरहेका माडी नगरपालिका वडा नं. २ निवासी अर्का एकजनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनको भरतपुरमै आइसोलेशनमा राखी उपचार हुनेछ । पछिल्लो समयमा उपचारका लागि भरतपुरका अस्पताल पुग्दा अस्पतालबाटै कोरोना संक्रमित हुने क्रम बढेको देखिन्छ ।




