माडी (स्थानीय) खबर पोष्ट

दीप प्रज्वलन गरी माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु

माडी नगरपालिका महिला समितिको आयोजनामा माडीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

समितिको आयोजनामा सुरु भएको अभियान अन्तरगत आफन्त नेपाल, पौरखी नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान, वुमन एक्ट, महिला अधिकार मञ्च चितवन र ईलाका प्रहरी कार्यालय माडीको समुदाय प्रहरी साझेदारी कार्यक्रमले सहकार्य गर्दै बसन्तपुर बजारमा दीप प्रज्वलन गरेका छन् ।अभियानकै क्रममा हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको निस्शुल्क स्वास्थ्य वीमा गरिने, हस्ताक्षर संकलन र रेडियो सुचना सम्प्रेषण लगायतका कार्यक्रमहरु समेत रहेको माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया