देश-प्रदेश खबर पोष्ट

ठोरी गाउँपालिकास्थित नेपाल भारत सीमा नजिकको जंगलमा डढेलो

ठोरी गाउँपालिकास्थित शिकारीबास पुलको दक्षिणतिर, नेपाल भारत सीमाको जंगलमा डढेलो लागेको छ ।

शनिवार बिहानबाट डढेलो सुरु भएको हो । शिकारीबास पुल छेउसम्म आइपुगेको डढेलो नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पानीट्यान्कीमा रहेको सिद्धिबक्स गणमा रहेका सेना र स्थानीयबासीहरुले आगो निभाउने प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म डढेलो नियन्त्रणमा नआएको हाम्रा ठोरी सहकर्मी हेम चापागाईंले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार