माडी (स्थानीय) खबर पोष्ट

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन

माडीको सितलपुरस्थित बुद्धज्योति युवा क्लबको अध्यक्षमा युवराज सुवेदी चयन हुनुभएको छ । शनिवार सम्पन्न क्लबको चौथो साधारण-सभाबाट सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो ।

समितिका उपाध्यक्षमा पदमराज गुरुङ्ग, सचिवमा सुरज गुरुङ्ग, सह–सचिवमा प्रवीन नेपाली र कोषाध्यक्षमा समीक्षा शर्मा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिजय बि.क., लेखनाथ पाण्डे, सन्दीपा रानाभाट, सपना भुजेल, राजेन्द्र महतो, मन बहादुर मगर, रमेश भण्डारी र मनिषा अधिकारी चुनिनुभएको छ । साधारणसभा कार्यक्रम क्लबका निवर्तमान (तात्कालीन) अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार