माडी (स्थानीय) खबर पोष्ट

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत माडी नगर महिला समितिले परुई किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया गरेको छ ।

मंगलबार माडी ७, परुई खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग लैंगिक हिंसा, बालविवाह र अधिकारका बिषयहरुमा अन्तरक्रिया गरिएको तथा मंसिर २४ गते माडी ९ राइटोलका सुकुम्बासी महिलाहरुसंग छलफलको कार्यक्रम रहेको माडी नगरपालिकाकी उप-प्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो । छलफलमा नगर उप-प्रमुख महतोसंगै नगर महिला समितिकी अध्यक्ष कोपिला सिवाकोटी, नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख उषा आचार्य, वडा सदस्यहरु र साझेदार संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

अब, आउँदो मंसिर २५ गते अभियानको समीक्षा कार्यक्रम गरिने कार्यक्रम रहेको छ । अभियान अन्तरगत हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको निःशुल्क स्वास्थ्य वीमा गर्ने कार्य समेत जारी रहेको छ । यसबर्ष ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहिएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार