माडी (स्थानीय) खबर पोष्ट

गर्दी महिला साना किसान कृषि सहकारीको अध्यक्षमा धनरजिया चौधरी

गर्दी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, बरुवाको अध्यक्षमा धनरजिया चौधरी दोहोरिनुभएको छ । त्यसैगरी उपाध्यक्षमा तारा पोखरेल पनि दोहोरिनुभएको छ ।

सहकारीको सातौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट पुरानै कार्यसमितिका अध्यक्ष र उपाध्यक्षको पुनर्चयन भएको हो । सहकारीको सञ्चालक समिति सदस्यहरुमा ऋषिमाया सापकोटा, बसन्ती बोट, रेखा महतो, मनिषा महतो, मजिना कुमारी महतो, गायत्री रानामगर र तिल कुमारी महतो चयन हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा सुमिता तिवारी र सदस्यद्वयमा मनु पोखरेल र मीना मरासिनी ढकाल चयन हुनुभएको छ ।

यसैबिच, सहकारीले गत आर्थिक बर्षमा सहकारीले ३२ लाख ८९ हजार खुद मुनाफा आर्जन गरेको छ । कुल आम्दानी करीब १ करोड ५५ लाख र खर्च करीब १ करोड ३३ लाख भएको सहकारीकी व्यवस्थापक लक्ष्मी कँडेल पाठकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार