माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिका कार्यालय अब आफ्नै नवनिर्मित सुबिधासम्पन्न भवनमा

माडी नगरपालिका कार्यपालिकाको कार्यालयले आफ्नै नवनिर्मित भवनमा सरेको छ ।

नगरपालिका घोषणा भएको २०७३ सालदेखि बसन्तपुर बजारको केन्द्रस्थित शहीदचोकमा रहेको कार्यपालिका कार्यालय माडी ३ बसन्तपुरमै, करीब ६०० मिटरको दुरीमा, माडी माध्यमिक विद्यालयको साविकको भवन रहेको डाँडोमा नवनिर्मित भवनमा सरेको हो । नयाँ भवनमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयसंगै लेखा, योजना, शिक्षा, प्राविधिक र राजस्व लगायत बहुसंख्यक शाखा र विभागहरु रहँदैछन् ।

शहीदचोकस्थित साविकको भवनमा भने जनस्वास्थ्य, प्रधानमन्त्री रोजगार तथा अन्य केहि कार्यालयहरु रहने नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको कृषि र पशुपंक्षी शाखा भने हाल रहेकै स्थानमा यथावत रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया