देश-प्रदेश खबर पोष्ट

मानव सेवा आश्रमको उद्धार पश्चात माडीका सहयोगापेक्षी बृद्धको जीवनमा ठूलो बदलाव

दिनभर माडीभर माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारको बाँसघारीमा रात बिताउँदै आउनुभएका माडीका एक बृद्धको जीवनमा ठूलो बदलाव आएको छ ।

भरतपुरस्थित मानव सेवा आश्रमले उद्धार गरेपश्चात उहाँको जीवनले नयाँ मोड लिएको हो । गत मंसिर २५ गते बिहान उद्धार भई हाल भरतपुरस्थित आश्रममा संरक्षित उहाँलाई आश्रमका स्वयम्सेवीहरुले सहयोग गरिरहेका छन् । उद्धारका क्रममा गाह्रो मानेका बृद्ध क्रमशः आश्रमको जीवनमा अभ्यस्त हुँदै जानुभएको आश्रमकी संयोजक निता के.सी.ले जानकारी दिनुभयो ।

यसैबिच, मानवसेवा आश्रमले माडीका थप एकजना घरबारविहीन सडक बृद्धको उद्धार गर्न लागेको छ । बाँदरमुढे खोला छेउमै बस्दै आउनुभएका अर्का एक बृद्धलाई माडीका स्वास्थ्यकर्मी गोबिन्द नेपालको सहयोगमा उद्धार गर्न लागिएको संयोजक के.सी.ले स्वदेशलाई जनाउनुभयो ।

तपाईको प्रतिक्रिया