माडी (स्थानीय) खबर पोष्ट

२०४६ सालको जनआन्दोलनमा पक्राउ परेका ३६ जनालाई माडी काँग्रेसको सम्मान

बि.सं. २०४६ सालको जनआन्दोलनमा माडीको बगहीँबाट गिरफ्तारीमा परेका ३६ जनालाई नेपाली काँग्रेस माडी नगर समितिले सम्मान गरेको छ ।

जनआन्दोलनको समयमा २०४६ पौष ७ गते राती पूर्वी माडीको बगहीँ गाउँमा तयारी बैठक बसेका काँग्रेस कार्यकर्ताहरुमध्ये ३६ जनालाई एउटै डोरीमा बाँधी सेना र प्रहरीले कीर्तनपुरसम्म ल्याएको थियो । तात्कालीन कल्याणपुर गा.वि.स.मा रहेको प्रहरी चौकीमा एक दिन र एक रात राखी यातना दिएपछि उनीहरुलाई कागज गरी छोडिएको थियो । त्यसबखत पक्राउ परेकाहरुलाई पौष ७ को स्मृतिदिवसको अवसरमा सम्मानित गरिएको नेपाली काँग्रेस माडीका अध्यक्ष कोमलनाथ भुसालले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा काँग्रेसका चितवन सभापति जीतनारायण श्रेष्ठसंगै पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, रामकृष्ण घिमिरे र टेक प्रसाद गुरुङसंगै काँग्रेसबाट वागमती प्रदेशसभा सदस्य रहनुभएका मिलनबाबु श्रेष्ठ र बलराम पौडेलको आतिथ्य रहेको थियो । माडी काँग्रेसले विगतमा २०२८, २०३३ र २०४२ सालका सत्याग्रह र अन्य आन्दोलनमा योगदान गरेका प्रजातन्त्र सेनानीहरुलाई पनि सम्मान गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया