देश-प्रदेश खबर पोष्ट

काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूहको जुलुस प्रदर्शन सुरु (भिडियो सहित)

१४ पुस, काठमाडाैं । नेकपा प्रचण्ड-माधव समूहको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको हो ।

जुलुसमा माडीसंगै देशका विभिन्न स्थानहरुबाट पुगेकाहरु सहभागी रहेका छन् ।राजधानीमा टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकी क्याम्पसबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’ लेखिएको ब्यानर पछिपछि देखिएका छन् । (भिडियो: विजय विश्वकर्मा)

तपाईको प्रतिक्रिया

ताजा समाचार