माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिका वडा नं २ मा गाउँटोल सरसफाइ अभियान चल्दै

२५ पुस, चितवन । माडी नगरपालिका वडा नं २ लाई सुन्दर, सफा र सभ्य वडाको रुपमा बिकास गर्ने उद्देश्यले जारी रहेको सरसफाई अभियान अन्तर्गत आज शनिबार चिरौली, पर्साचोक र सिम्रहनीका बिभिन्न क्षेत्रहरुमा सरसफाइ गरिएको छ।

वडा अध्यक्ष इश्वरी प्रसाद ढकालले प्लाष्टिकजन्य फोहर तथा अन्य फोहर जथाभावी फाल्दा दुर्गन्ध बढ्न सक्ने भएकाले वडा कार्यालय, टोल सुधार समिति, प्रहरी, सशस्त्र प्रहरी लगायतको सयुक्त सहभागितामा सरसफाइ कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

टोल सरसफाइ कार्यक्रममा प्लाष्टिक र अन्य सड्ने खालका फोहरलाई विभाजन गरि व्यवस्थापन गरिएको थियो । समुदायमा पूर्ण सरसफाइको अभियानलाइ प्रभावकारी बनाउन स्थानीयको सक्रियता बढेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार