देश-प्रदेश खबर पोष्ट

वडा कार्यालयले नै बजेट छुट्याई रामधाम निर्माण बनाउन सुरु

२४ माघ, चितवन । माडीको अयोध्यापुरीमा रामधाम निर्माण सुरु हुन ढिलाई भइरहँदा स्थानीय वडा कार्यालयले नै बजेट छुट्याई राम मन्दिर बनाउन लागेको छ ।माडी नगरपालिका वडा नं. ८ वडा कार्यालयले जारी चालू बर्षका लागि २ लाख रुपैंया बजेट छुट्याई मुर्ती र राम मन्दिर निर्माण कार्य अगाडि बढाएको हो । पुरातात्वीक महत्वका ईंटा र भग्नावशेष भेटिएको माडी-८, दक्षिण अयोध्यापुरीमा मन्दिर निर्माण तथा पुरातात्विक सम्पदाहरुको संरक्षण कार्यक्रम अगाडि बढाइएको वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

सो स्थानमा स्थापनाका लागि हाल मुर्तीकारहरु सुर्य मध्यरात र पार्वती विश्वकर्माले श्रीराम, कौशल्या र दशरथको मुर्ती निर्माण गरिरहनुभएको छ । मन्दिर बनाउन स्थानीयबासी मोहन अधिकारीको अध्यक्षतामा उपभोक्ता समिति गठन भई काम सुरु भइसकेको छ। यसअघि माडी नगरपालिकाले वडा नं. ९ स्थित कृष्णनगर पार्कलाई रामधाम निर्माण स्थलका रुपमा सिफारिस गरेको हो भने प्रधानमन्त्री ओलीले रामधाममा राखिने राम र सीताको मुर्तीहरु निर्माण पुरा भएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया