देश-प्रदेश खबर पोष्ट

राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तिव्रता

२८ माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तिव्रता दिएको छ ।माडीका बिभिन्न क्षेत्रमा समिति गठन गरिरहेकाे राप्रापाले बुधबार माडी ५ मा पनि वडा कार्य समिति गठन गरेको हो । राप्रापाले हाइरम विश्वकर्माको अध्यक्षतामा १४ सदस्यीय वडा कार्यसमिति चयन गरेको क्षेत्र नं ३ अध्यक्ष मदन पौडेलले जानकारी दिनुभयो । यस्तै वडास्तरीय किसान संघको संयोजकमा खड्ग थापा, महिला संघ संयोजकमा कालिका भट्टराई, युवा संघमा देव नारायण दराई, दलित संघमा मनिराम विक र आदिवासी संयोजकमा मुक्ति महतो चयन हुनुभएको हो ।

हाइराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य समेत रहनु भएका राप्रापा केन्द्रिय सदस्य रीना गुरुङ, चितवन क्षेत्र नं ३ का अध्यक्ष मदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया