माडी (स्थानीय) खबर पोष्ट

आगलागी पीडितलाई परिवारलाइ ६० हजार बराबरको सहयोग

२९ माघ, चितवन । सामाजिक अभियान्ता प्रकाश घिमिरे र साहारा युवा क्लब, माडीको संयुक्त आयोजनामा आगलागी पीडितलाई परिवारलाइ ६० हजार बराबरको खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको छ ।केहि समय अगाडि माडी ९ गनेशकुञ्जका भीमबहादुर प्रजाको घर जलेर नष्ट भएको थियो। बुधबार आगलागीबाट पीडित प्रजा परिवारलाइ भेटी सो संस्थाले दाल, चामाल, नुन, तेल, लगायत लत्ता कपडा सहयोग गरेको क्लबका सल्लाहकार नबिन घिमिरेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश घिमिरे, क्लबका सचिव निरा क्षेत्री, सल्लाहकार, नबिन घिमिरे र राजेश घताने, हरी क्षेत्री लगायत अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पीडित प्रजाको सोही संस्थाले घर निर्माणको योजना समेत बनाएको घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया