माडी (स्थानीय) खबर पोष्ट

घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी

७ फागुन, चितवन । माडीको बरुवामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उदयराज महतोको भरतपुर अस्पतालमा उपचार जारी छ ।दुर्घटनाबाट दाहिने हात भाँचिएको र शरीरका विभिन्न भागहरुमा चोट लागेको अवस्थामा महतोको उपचार भइरहेको हो । उनको अवस्था खतरामुक्त रहेको भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको परिवार श्रोतले जनाएको छ ।यता, सोही दुर्घटनामा परी निधन भएका १९ बर्षीय समिर महतोको आज (शुक्रबार) अन्त्येष्ठी गरिएको छ ।

भरतपुरमा शुक्रबार बिहान पोष्टमार्टम गरिए पश्चात माडीकै मगोई खोलामा उनको अन्त्येष्ठी गरिएको हो । गत बुधबार साँझ महतोद्वय सवार प्रदेश ३. ०३००१ प ७२३९ नम्बरको एन.एस. मोटरसाइकल तीब्र गतिका कारण अनियन्त्रित भई बरुवा बजारस्थित माडी कटेज अगाडि दुर्घटनामा परेको थियो । दुर्घटनमा समिरको मृत्यु भएको हो भने उदय गम्भीर घाइते भएका थिए । दुर्घटनाग्रस्त मोटरसाइकल हाल बरुवा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार