बिपद-जोखिम पोष्ट

जंगली गाैरीगाईको आक्रमणमाबाट माडी ६ स्याउलीबास निवासी एक जनाको मृत्यु

१७ फागुन, चितवन । माडीको सोमेश्वर सामुदायिक वनभित्र, जंगली गाैरीगाईको आक्रमणमाबाट माडी ६ स्याउलीबास निवासी एक जनाको ज्यान गएको छ ।बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० बर्षका वीर बहादुर तामाङको दुःखद निधन भएको उहाँको परिवार श्रोतले जनाएको हो ।

निलगाइले आक्रमणबाट उहाँको शरीरमा गम्भीर चोट लागेको संगै कुचो काट्न पुगेका आफन्तहरुले जनाएका हुन् । यो समाचार पोष्ट गर्दासम्म मृतकको शव घटनास्थल मै रहेको र प्रहरी एवं गाउँलेहरु त्यसतर्फ गईरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया