Dev Narayan Shah
Chairman
Dev Narayan Shah
Chairman
चितवन माडी लगायत नेपालका पछाडी परेका क्षेत्रहरुलाई एक्काइसौं सताव्दीको सुचना प्रविधीसंग जोड्दै विकासको मार्गमा अगाडि लैजान स्थापित स्वदेश इन्फोसिस (प्रा.) लि., नेपालले आफ्नो स्वायत्त सेवाका रुपमा स्वदेश एफ.एम. स्थापना गरेको हो । यस रेडियोको प्रसारण केन्द्र माडीकाे बसन्तपुरमा रहेको छ । भू-सतहीय प्रसारणका अलावा अनलाइन (वेवसाइट) र विभिन्न मोबाइल एप्लिकेशनहरुबाट हाम्रो प्रसारण विश्वभर सुन्न सकिन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई उच्च राख्न सदैव क्रियाशील तथा प्रवासी नेपालीहरुको समेत प्राथमिक रोजाइमा परिरहेको स्वदेश एफ.एम. माडी उपत्यकाकै सर्वाधिक सुनिने रेडियोका रुपमा लोकप्रीय स्टेसनका रुपमा रहिआएको पनि छ ।
