चितवन खबर पोष्ट

विश्व बाघ दिवसमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे युवा सचेतना कार्यक्रम सम्पन्न

चितवन । विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय,माडीबगई सेक्टरअन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (CBAPU) तथा प्रकृति पथ प्रदर्शकहरूको संयुक्त सहकार्यमा “मानव–वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम” सञ्चालन भएकाे हाे ।

माडी–बगई सेक्टर प्रमुख शान्ता बहादुर मगरले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बाघ तथा अन्य वन्यजन्तुको संरक्षण, जैविक विविधताको महत्व तथा संरक्षण अभियानमा युवाको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (CBAPU)काप्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया