माडी (स्थानीय) खबर पोष्ट

माडीका नौवटै वडामा ज्येष्ठ नागरिक संघको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

चितवन, १२ श्रावण २०८३ — माडी नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक संघको वडास्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्यसमिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशनबाट वडा नं. १ मा तुलसीप्रसाद पौडेल, वडा नं. २ मा धनपति न्यौपाने, वडा नं. ३ मा दिलराम पावे, वडा नं. ४ मा खेमराज अधिकारी, वडा नं. ५ मा लालबहादुर खाती, वडा नं. ६ मा चुडामणि पाण्डे, वडा नं. ७ मा खडानन्द सुवेदी, वडा नं. ८ मा तिलु पुरी र वडा नं. ९ मा भरत घिमिरेको अध्यक्षतामा वडा समिति चयन गरिएको छ।

नगरका सबै वडामा एकैसाथ सम्पन्न भएको अधिवेशनले ज्येष्ठ नागरिकहरूको हक, हित तथा अधिकारको संरक्षणसँगै उनीहरूको सामाजिक सक्रियता र सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

वडा तहका अधिवेशन सम्पन्न भएसँगै अब निकट भविष्यमै माडी नगरस्तरीय अधिवेशन आयोजना गर्ने तयारीसमेत अघि बढाइएको जनाइएको छ। नगरस्तरीय अधिवेशनबाट ज्येष्ठ नागरिकका साझा मुद्दा, आवश्यकता र अधिकारका विषयमा थप प्रभावकारी रूपमा आवाज उठाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया