माडी, चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन तथा बाघ संरक्षणसम्बन्धी अन्तरक्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको अध्यक्षता तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाघ संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपालमा बाघ संरक्षणको वर्तमान अवस्था, बाघको पारिस्थितिक महत्व, बासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदाय भूमिकाबारे जानकारी गराएका थिए।

कार्यक्रममा निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, प्रकृति पथप्रदर्शक, संरक्षणकर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।



