माडी (स्थानीय) खबर पोष्ट

गुरु पूर्णिमामा माडीका पाँच निवृत्त शिक्षक सम्मानित

चितवन, १२ श्रावण २०८३ — नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिले गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा माडीका पाँचजना निवृत्त शिक्षकलाई सम्मान गरेको छ ।

शिक्षण पेशाबाट सेवा निवृत्त भई राष्ट्र तथा समाजको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ७५ वर्ष उमेर पुगेका पाँचजना निवृत्त शिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा माडी–३ निवासी नरेन्द्रराज श्रेष्ठ, माडी–७ निवासी राजेन्द्र बराल र शिवराज बराल, माडी–१ बरुवा निवासी राजमाया गुरुङ घले तथा माडी–९ गोविन्दबस्ती निवासी तोयनाथ अधिकारी रहनुभएको नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिका अध्यक्ष गंगाराम रानाभाटले जानकारी दिनुभयो ।

माडी क्याम्पसको सभाहलमा आयोजित सम्मान कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज जिल्ला समितिका सदस्य डिल्लीराम बरालको प्रमुख आतिथ्य रहेको थियो ।

— — —

तपाईको प्रतिक्रिया