माडी (स्थानीय) खबर पोष्ट

माडीमा कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

७ बैशाख, चितवन । माडीमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको छ ।

गतबर्ष माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालित पहिलो चरणको खोप अभियानका क्रममा कोभिशिल्ड खोप लगाएकाहरुलाई दोश्रो चरणको खोप लगाउन थालिएको हो । दोश्रो चरणको खोपको पहिलो दिन मंगलबार ६० जनाले खोप लगाएको बघौंडा अस्पतालले जनाएको छ । अभियान आउँदो बैशाख ११ गते बिहीबारसम्म जारी रहने माडीका जनस्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले जनाउनुभयो ।

दोश्रो चरणको खोप अभियान अन्तरगत हाल स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधी र कर्मचारी, प्रहरी, शसस्त्र प्रहरी, पत्रकार, बैंकर, प्राधिकरण र संस्थानका कर्मचारी र सेना लगायतले खोप लगाउन पाउने व्यवस्था गरिएको हो । अभियानको पहिलो दिन स्वदेशकर्मीहरुले समेत खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया