माडी (स्थानीय) खबर पोष्ट

एमाले माडी नगर कमिटिद्वारा कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको भनाइ

८ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माडी नगर कमिटिले ‘नगरपालिकाको कर्मचारी व्यवस्थापनमा कसैको पक्षपोषण नगरिएको’ बताएको छ ।

पार्टीका नगर अध्यक्ष नारदमणि पौडेल र सचिव महदत्त काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा नगरपालिकामा कर्मचारी व्यवस्थापन सरकारको जिम्मेवारी भएको र यसमा राजनैतिक दलहरु मुछिने आवश्यकता नहुने भन्दै त्यसप्रकार कसैको पक्षपोषण नगरेको जनाइएको हो ।

वक्तव्यमा, माडी नगरपालिकामा कर्मचारी हेरफेर सम्बन्धी विवाद बाहिर आउनु शोभनीय नरहेको भन्दै सम्बन्धित पक्षहरुलाई गम्भीर भएर छिटो भन्दा छिटो पहलकदमी लिई सहमती/सहकार्य गरी समस्या समाधान गर्न समेत अनुरोध गरिएको छ ।

कृयाशील संस्थामा बहस छलफल हुनुलाई स्वभाविक मानिएतापनि त्यसलाई संयमित र व्यवस्थित बनाउन जरुरी रहेको भन्दै वक्तव्यमा यसका लागि सम्पूर्ण राजनैतिक पार्टीहरु, जनप्रतिनिधीहरु साथै सम्पूर्ण माडीबासीको ध्यानाकर्षण समेत गराइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार