कृषि र कृषक पोष्ट

माडीको सितलपुरमा एक सातादेखि बिजुली अवरुद्ध: कामधेनु कृषि फर्मलाई ठूलो नोक्सानी

२९ असार, चितवन । लगातार एक सातादेखि बिजुली अवरुद्ध रहँदा माडीको सितलपुरस्थित ओमशान्ति कामधेनु कृषि फर्मका ३ वटा गाई मर्नुका साथै ठूलो नोक्सानी पुगेको छ ।

बिजुली नहुँदा फर्ममा पालिएका धेरै संख्याका गाईहरुलाई पानी अपर्याप्त हुनुका साथै अत्यधिक गर्मीका कारण गाईहरु मरेका छन् । त्यस्तै गर्मीकै कारण व्याउने महिना नपुग्दै बाच्छो फालेर ब्याई सकेपछि गाई मरेको र केहि गाईहरु बिरामी भएको फर्मका सञ्चालक रामप्रसाद पाैडेलले जानकारी दिनुभयो । हालसम्म ३ वटा गाईहरु मरिसकेको र पानीको अभाव तथा गर्मीका कारण गाईहरु बिरामी भई ढलिरहेको उहाँले जनाउनुभयो ।

गत असार २४ गते परेको भारी बर्षाका कारण माडी २ र ४ क्षेत्रका करीब १ दर्जन पोलहरु ढलेका कारण लगातार एक सातादेखि सितलपुर क्षेत्रमा बिजुली अवरुद्ध रहेको छ । बिजुलीको मर्मत कार्य जारी रहेको र सितलपुर क्षेत्रमा बिजुली सुचारु हुन थप एक दिन लाग्नसक्ने प्राधिकरणको माडी प्रशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया