देश-प्रदेश खबर पोष्ट

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा माडीसंगै देशभरका पेट्रोल पम्प बन्द

चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा आन्दोलित विद्यार्थीहरुले माडीसंगै देशभरका पेट्रोल पम्प बन्द गरेका छन् ।

देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रमको घोषणा अनुरूप अखिल क्रान्तिकारी माडी लगायतका विद्यार्थी संगठनहरूले माडीको बसन्तपुरस्थित पेट्रोल पम्प बन्द गरेका हुन् । पम्प बन्द गर्ने क्रममा बिद्यार्थीहरुले ‘कालोबजारी र भ्रष्टाचारीलाई कारवाही गर’, ‘पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’, ‘संयुक्त विद्यार्थी गठबन्धन जिन्दाबाद’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो पटक नेपाल आयल निगमले गतहप्ता मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । मुल्यबृद्धि फिर्ताको सन्दर्भमा गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्ता समेत भएको थियो । तर सो वार्ता विफल भएपछि उनीहरूले दोस्रो चरणको आन्दोलन सुरू गरेका हुन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार