देश-प्रदेश खबर पोष्ट

निकुञ्ज पक्षबाट आगजनी भएको स्थानमा नगरप्रमुख ढकाल सहितको टोली

चितवन । माडीको कुसुमखोलामा चेपाङका नयाँ घरहरुमा निकुञ्ज पक्षबाट आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम घटनास्थल पुगेको छ ।

सो क्रममा, स्वदेशलाई संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख ढकालले जनताको सुरक्षित स्थानान्तरणको काम जारी नै रहँदा स्थानीय सरकारसंग समन्वय नगरी आगजनी गरिनु दुखद् रहेको बताउनुभयो ।

साँझपख आगलागी भएको सुचना आउनासाथ नगरप्रमुख ढकाल, नगरपालिकाका बिपद् सम्पर्क व्यक्ति गोबिन्द न्यौपाने, नेकपा (माओवादी केन्द्र)का माडी नगर उपाध्यक्ष सन्तोष पनेरु लगायतको टोली कुसुमखोला पुगेको थियो ।

यसअघि, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आइतबार दिउँसो माडीको कुसुमखोलामा केहि घरगोठमा आगजनी गरेको खबर स्वदेश एफ.एम.ले सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया