माडी (स्थानीय) खबर पोष्ट

बढी शुल्क उठाएको गुनासोपछि जनजीवन माविलाई शुल्क असुल्न रोक्न वडा कार्यालयको निर्देशन

चितवन, २९ श्रावण २०८३ — माडी नगरपालिका–८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न निर्देशन दिएको छ।

वडा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यकभन्दा बढी शुल्क लिइएको भन्दै मौखिक गुनासो प्राप्त भएको जनाएको हो।

वडा अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोका आधारमा बढी शुल्क उठाउने कार्य तत्काल बन्द गर्न र सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शुल्क नबुझाउन अनुरोध गरिएको उल्लेख छ।

विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षाकोठामा बिजुली, पंखा चलाउन, बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक श्रोतको व्यवस्था नरहेकोले यसतर्फ ध्यान दिन विगत देखि नै अनरोध गर्दै आइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया