चितवन खबर पोष्ट

कल्याणपुर बजारमा शनिबार सन्ध्याकालीन भजन–कीर्तन हुने

चितवन, २९ श्रावण २०८३ — धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्यसहित माडी युवा भजन समिति (MYBC)ले सञ्चालन गर्दै आएको नियमित (साप्ताहिक) सन्ध्याकालीन भजन-कीर्तन अभियान शनिवार (भोलि) साँझ कल्याणपुर बजारमा सञ्चालन हुने भएको छ।

साँझ ८:०० बजेदेखि राति १०:०० बजेसम्म कल्याणपुर बजारस्थित मन्दिर परिसर नजिकै सामूहिक भजन-कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो।

बरुवाबाट सुरु भएको अभियानको दोश्रो संस्करण बसन्तपुर बजारमा सञ्चालन भएको थियो । दुबै कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन–कीर्तन सञ्चालन गरिएको हो।

समितिका अनुसार अभियान केवल भजन-कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान हो। (फोटो: बसन्तपुर शहीदचोकको भजन साँझ)

तपाईको प्रतिक्रिया