कृषि र कृषक पोष्ट

माडी २ को भू-उपयोग सुझाव समितिद्वारा ३ कठ्ठाभन्दा बढी जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव

१२ श्रावण, चितवन । माडी नगरपालिका २ नं. वडास्तरीय भू-उपयोग सुझाव समितिको बैठकले बजार क्षेत्रमा १५ कठ्ठाभन्दा बढी हुने जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव दिएको छ ।

त्यसैगरी बैठकले, मुख्य घना बस्तीको १०० मिटर वरपरको जमीनलाई आवास क्षेत्र र बाँकी सबै जमीनलाई कृषि क्षेत्र कायम गरिनुपर्ने सुझाव दिएको हो । यसबाहेक मुख्य सडकमा जोडिएका ३ कठ्ठाभन्दा बढी जमीनलाई कृषि क्षेत्र र ३ कठ्ठाभन्दा कम जमीनलाई आवास क्षेत्र कायम गरिनुपर्ने सुझाव दिइएको छ ।

वडाध्यक्ष दण्डपाणी पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा ४ जना वडा सदस्य, ५ वटा दलका प्रतिनिधी, अमिन टेक बहादुर बि.क. र माडी नगरपालिकाका सामाजिक विकासका शाखा अधिकृत विवेक खनाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार