देश-प्रदेश खबर पोष्ट

प्रत्यक्षतर्फ चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को नाम सर्वसम्मत सिफारिस

चितवन । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ ।

आइतबार सम्पन्न सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले सर्वसम्मत रूपमा प्रचण्डको नाम सिफारिस गरेको हो । प्रचण्ड यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

आगामी निर्वाचनका लागि प्रचण्डको नाम गोरखा-१ बाट पनि सिफारिस भएको छ तर प्रचण्डले आफू चितवन-३ बाटै चुनाव लड्ने बताउँदै आउनुभएको छ । बैठकले चितवन-३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार