देश-प्रदेश खबर पोष्ट

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु डा. भोजराज अधिकारीको ‘६ स’

चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो चर्चित ६’स’ को कार्ययोजना सुनाउनुभएको छ ।

डा. अधिकारीले भरतपुरमा सम्पन्न चुनाबी आमसभालाई सम्बोधन गर्दै सेवा, स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा र सडक सञ्जाल सहितको भौतिक विकास (संक्षेपमा ६’स’)को कार्ययोजना सुनाउनुभएको हो ।

यसैबिच, पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै डा. अधिकारीले ’मोबाईल हेल्थ क्लिनिक’को अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने बताउनुभएको छ । मेडिकल क्षेत्रको गोरेटोबाट राजनीतिको राजगार्गमा आएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार