

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्षसम्म पनि यही गठबन्धन कायम रहने बताउनुभएको छ ।

लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको बताउँदै अबको २० वर्ष सम्मपनि यही गठबन्धन रहने बताउनुभएको हो ।

उहाँले एमाले अध्यक्ष ओली बाध्य भएरमात्रै संबिधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाउनुभयो । संविधान र लोकतन्त्रमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने बताउँदै उहाँले उहाँको टिप्पणी थियो ।
