देश-प्रदेश खबर पोष्ट

निर्वाचन खारेजीको माग गर्दै ‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)

चितवन । आम-निर्वाचन खारेजीको माग गर्दै नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले माडीमा कालोझण्डा सहित बिरोध प्रदर्शन गरेको छ ।

‘दलाल पूँजीवादी सत्ताको चुनाब खारेज गरौं’, ‘एकीकृत जनक्रान्तिमा अगाडि बढौं’ भन्ने नारा लगाउँदै सो पार्टीसम्बद्ध युवाहरुले माडीको बसन्तपुर बजारमा बिरोध जुलुश प्रदर्शन गरेका हुन् ।

नेकपाको माडी नगर समितिको आयोजना र चितवन जिल्ला समितिको सहयोगमा कालो झण्डासहित बिरोध जुलुशले बसन्तपुर बजार परिक्रमा गरेको हो । त्यस क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो

व्यवस्था नै खराब र जनबिरोधी भइसकेपछि नेता र व्यक्ति फेरेर केहि नहुने भन्दै नेकपा सहित तीन कम्युनिष्ट पार्टीहरु निर्वाचनको बिरोधमा रहेका हुन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार