

चितवन । लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुको भेलाले माडी नगरस्तरीय लघुवित्तिय संस्था बिरुद्ध संघर्ष समिति गठन गरेको छ ।

माडीको बसन्तपुरमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रमबाट सिधुवा निवासी माया महतोको संयोजकत्वमा नगरस्तरीय संघर्ष समिति गठन गरेको हो ।

भेलाले लघुवित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको थियो । नेपालमा हाल स्थापित लघुवित्तीय संस्थाहरु नवसामन्तीको रुपमा देखा परेको जिकिर गर्दै पीडितहरुले संस्था खारेजी र सामुहिक ऋण मिनाहाको माग समेत गरेका थिए ।

लघुबित्तीय संस्थाहरुले ३६ प्रतिशतसम्म व्याज लगाएको आरोप लगाउँदै पीडितहरुले लघुबित्तकै कारण बिपन्न परिवारहरु बिचल्लीमा परेको र केहि महिलाहरुले आत्महत्या समेत गरेको बताएका थिए ।