स्वदेशपोष्ट विशेष

माडीको पुष्पमदन स्मृति वनबाटिका आन्तरिक पर्यटकको रोजाईको पर्यटकीय गन्तव्यस्थल बन्दै

माडी-६, लक्ष्मीनिवासमा रहेको पुष्पमदन स्मृति वनबाटिका आन्तरिक पर्यटकको रोजाईको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ ।

माडी ठोरी हुलाकी सडकबाट करीब २ किलोमिटर दक्षिणतर्फ कल्याणपुर मध्यवर्ती सामुदायिक वनको काखैमा रहेको यस बाटिकामा वनभोज, घुमफिर र बाल उद्यानमा मनोरञ्जन लिन आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको हो ।

बिहीबार बाटिकाभित्र, भ्यु टावरको छेउमा चितवनकै पहिलो स्काई चेयर (आकाशे कुर्ची) जडान भएसंगै यसमा थप आकर्षण बढेको छ । यसबाहेक भ्युटावरबाट माडी उपत्यकाका विभिन्न ठाँउहरुको सुन्दर दृष्य देख्न सकिन्छ ।

बाटिकामा बाल उद्यानका सामान, बाघ गैंडा हरिण मयुर लगायतको मुर्ती स्थापना, पिकनिक स्पट व्यवस्थापन आदि गरी बाटिकाको सौन्दर्यकरण गरिरहिएको र सामुदायिक होमस्टे सञ्चालन गरी पर्यटन विकास गरिरहिएको कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर चापागाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार